ताजा खबर:- आजको व्यस्त जीवनशैलीमा सबैभन्दा ठूलो समस्या कपाल झर्नु हो । मानिसहरू कपाल झर्ने मुख्य कारण तर्फ विशेष ध्यान दिने गर्दैनन् र यसलाई रोक्ने उपायहरू प्रयोग गर्न थाल्दछन् । यदि तपाई कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ भने तपाई अन्य रोगहरूको कारणबाट पीडित हुन सक्नुहुन्छ, जान्नुहोस् ।

-कपाल झर्ने प्रमुख कारण आयरनको कमी हुनसक्छ । यदि अधिक कपाल झर्ने समस्या छ भने एक पटक आयरनकको जाँच अवश्य गराउनुहोस् ।

-शरीरमा हार्मोनको सन्तुलन खराब हुनाले पनि टाउको को माथि बिच भागको कपाल झर्न थाल्छ । यसकारण यस ठाउँको जरा कमजोर हुने र दोस्रो पटक कपाल उम्रन कठिन हुन्छ ।

– यदि कपाल झर्ने समस्या भएमा तपाईको शरीरमा प्रोटीनको कमीले पनि हुनसक्छ । यसको लागी आफ्नो आहारमा प्रोटिनको मात्रा बढाउनुहोस् ।

– यदि साइनसको समस्या हुन्छ भने यो तपाईको कपाल झर्ने मुख्य कारण हुनसक्छ । यसको कारणले कपाल सेतो पनि हुन् थाल्छ ।

– यदि गुच्छामा कपाल झर्नुको साथै परेला र आँखी भौ को पनि कपाल झर्छ भने तपाईलाई एलोपेसिया अरेटा नामक रोग हुनसक्छ ।

तपाईको प्रतिक्रिया