अनौठा क्रियाकलाप गर्नमा चीन निकै अडागी छ । पछिल्लो पटक चीनमा यस्तै एउटा अनौठो काण्ड चर्चामा छ । त्यो हो त्यहाँको एक कम्पनीमा आफ्ना महिला कर्मचारीलाई गुड मर्निङ्ग नभनी सिधै चुम्बन गर्न लगाईन्छ । यो कार्यका कारण त्यस कम्पनीका मालिकको निकै आलोचना पनि भैरहेको छ । उनले हरेक बिहान आफ्ना महिला कर्मचारीहरुलाई लाइन लगाएर आफ्नो ओठमा चुम्न लगाउँथे । उनी भन्छन् की यसो गर्दा कर्मचारी र मालिकबीचको सम्बन्ध प्रगाढ हुन्छ ।

बेइजिङको तोङझुस्थित रक्सी बनाउने मेसिन बेच्ने कम्पनीमा मालिकले यस्तो प्रस्ताव ल्याउँदा धेरै महिला कर्मचारीले जागिर नै छाडेका थिए । खासमा यो कम्पनीका मालिकले यो कुरा अमेरिकाको भ्रमणका क्रममा एक कम्पनीबाट सिकेका रहेछन् र चीनमा आफ्नो कम्पनीमा पनि त्यही कामके सिको गर्दै उतारेका रहेछन् । तर चीनमा भने यो कार्यको निकै आलोचना भएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया