डायबिटीज एक यस्तो रोग हो जसबाट हरेक दोस्रो व्यक्ति पीडित छ तर के तपाईलाई थाहा छ, दिनहुँ हामी केही यस्ता काम जानी-नजानी गर्ने गर्छौं जसले मधूमेह रोग हुने आशंकालाई बढाउँछ । आज हामी केही यस्ता ५ चीजको बारेमा चर्चा गर्दैछौँ जसलाई विशेष ध्यान राखी मधूमेहको खतराबाट बँच्न सकिन्छ ।

१)खाना पश्चात् मिठो खानु हुँदैन:- धेरैजसो मानिसहरू खाना खाइसकेपछि तुरुन्त मिठो खाने गर्दछन् । खाना खाईसकेपछि तुरुन्त मिठो खाँदा शरीरमा शुगरको मात्रा तीव्र गतिमा बढ्छ ।

२)लगातार बसिरहनु:- केही मानिसहरूको लगातार बसिरहन मन पराउने बानी हुन्छ । यहाँ सम्म कि आफू बसेर नै अरुलाई आफ्नो काम गराउने बानी हुन्छ । यसो गर्नु गलत हो । लामो समय सम्म बस्ने बानीले शरीरको इन्सुलिन स्तर बिग्रने र डायबिटीजको आशंका बढ्ने हुन्छ । सकेसम्म हरेक दिन आधा घण्टा सम्म एक्सरसाइज गर्नुहोस् ।

३)कम पानी पिउनु:- पानी कम पिउनाले शरीरमा पानीको अभाव हुन्छ, जसले शुगरको मात्रा बिग्रने गर्दछ ।

४)अनिन्द्रा:- ७ देखि ८ घण्टाको निन्द्रामा कमी हुँदा फ्याट बढ्न थाल्छ जसको कारणले डायबिटीजको सम्भावना बढ्छ ।

५)तनाव:- तनावको कारणले शरीरमा ब्लड शुगर बढाउने हार्मोन्सको सन्तुलन बिग्रने गर्छ जसबाट डायबिटीज हुने आशंका बढी हुन्छ ।

तपाईको प्रतिक्रिया