काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएका नायक राजबल्लभ कोइराला प्रतिमा विमलीसँग वैबाहिक बन्धनमा बाँधिएकी छिन् । नायक कोइरालाले अमेरिकामै बस्दै आएकी प्रेमीकासँग विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा अमेरिकामा बस्दै आएका कलाकार , विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली, बेहुला बेहीलीका आफन्तहरुको बाक्लो उपस्थित थियो । हिन्दु धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डमा उनको विवाह सम्पन्न भएको थियो । ‘पर्खिंबसें’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका राजवल्भकी श्रीमती प्रतिमा जीव चिकित्सक हुन् । हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेल्न अमेरिका गएका राजबल्लभ उक्त समयदेखि नै अमेरिकामा बस्न सुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया