सामान्यतय: राती बत्ती बालेर सुत्ने बानी तपाईलाई सामान्य कुरा हुनसक्छ तर के तपाईलाई थाहा छ, यो सामान्य लाग्ने कुरा तापाईको लागि कति खतरनाक हुनसक्छ?

एक रिसर्चको अनुसार राती बत्ती बालेर सुत्ने बानीले हाम्रो शरीरमा यसको नकारात्मक असर पर्छ । हाम्रो शरीरलाई राती रोशनीको आवश्यकता हुँदैन र यसको एक्सेस हाम्रो शरीरलाई विभिन्न रूपमा नोक्सान पुर्याउन सक्छ ।

यदि तपाई रातीको समयमा कम्प्यूटरमा काम गर्नुहुन्छ वा कम प्रकाशमा पढ्नुहुन्छ भने तनावको स्तर बढ्ने, टाउको दुख्ने, आँखा पोल्ने जस्ता समस्या हुनसक्छ ।

कोठामा रोशनीले आँखामा भारी बनाई राख्छ, जसले गर्दा पटक-पटक निन्द्रा नलाग्ने समस्या हुन्छ । बत्ती बालेर सुत्दा यसको सिधा असर हाम्रो निन्द्रामा पर्छ, जसले शरीरमा कठोरता र थकान बनिरहन्छ ।

सुतेको समय बत्तीको प्रकाशले दिमागलाई तनावग्रस्त पनि बनाउँछ । जसले हृदय र ब्लडप्रेशर सम्बधी रोगहरू हुने खतरा पनि बढ्छ ।

तपाईको प्रतिक्रिया