व्यस्त जीवनशैलीका कारण हरेक मानिस एक-आपस भन्दा अघि बढ्ने भीडमा व्यस्त छन् ।  उनीहरूलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न फुर्सद हुँदैन । यी गल्तीहरूमा कपडा लगाउने देखि लिएर खानपान सम्मको बानीहरू समावेश छन् । यसकारण आज हामी चर्चा गर्नेछौँ, ती कुन यस्ता गल्तीहरू हुन् जसको कारण तपाईको स्वास्थ्य समस्या दिन प्रतिदिन गम्भीर हुँदैछ ।

झुकेर बस्दा शरीरमा दुखाई हुनु:- लगातार एकै ठाउँमा बस्ने वा आवश्यकता भन्दा बढी झुकेर बस्दा पनि स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसमा घाँटी, कम्मर र काँधमा दुखाई बढ्छ ।

लामो ड्राइभ गर्नु:- धेरै घण्टा सम्म लगातार ड्राइभ गर्नु पनि तपाईको स्वास्थ्यको लागि खतरा बन्न सक्छ । यसको कारणले खुट्टामा सूजनको समस्या हुनसक्छ ।

टाइट बेल्ट बाध्नु हुँदैन:- जिन्स वा प्यान्ट पेटमा धेरै समयसम्म टाइट बेल्टले बाध्नु तपाईको शरीरको लागि नोक्सानदायक हुनसक्छ । यसको साथै तपाईको डाइजेशन पनि बिग्रन सक्छ ।

दिनभरि काँधमा झोला भिर्नु:- अधिकांश मानिस आफ्नो काँधमा झोला भिरेको देखिने गर्दछन् । यदि तपाई पनि यस्तै गरिरहनु भएको छ भने सावधान हुनुहोस् किनभने यसबाट काँधमा रक्त संचार ठिक रूपमा हुन सक्दैन । जसको कारण काँधमा दुखाई हुने समस्या हुनसक्छ ।

तुरुन्त बेड छोड्नु हुँदैन:- सुतेको समयमा हाम्रो शरीर आराम रहन्छ र यदि हामी तुरुन्त बेड छोडेर उठ्छौँ भने यसले शरीरको रक्त संचार बढ्ने हुन्छ ।

तपाईको प्रतिक्रिया