काठमाडौं । सोमबार दिउसो राजधानीको चपलीटमा बम विस्फोटमा परी घाइते भएका काँग्रेसका चर्चित नेता गगन थापालाई भेट्न अस्पताल पुगका काठमाडौँ क्षेत्र नम्बर ४ का गगनका प्रतिस्पर्धी उमेदवार राजन भट्टरार्इलाई काँग्रेस कार्यकर्ताले गेटबाट नै फर्काएर दुब्र्यबहार गरेका छन् ।

चुनावी प्रचारका क्रममा घाइते हुनुभएका थापालाई भेटन भट्टराई सहयोगीका साथ शिक्षण अस्पताल पुगे पनि उनलाई अस्पताल भित्र प्रवेश नै गर्न नदिई काँग्रेस कार्यकताहरुले फर्काइदिएका हुन् । घाइते भएका थापालाई भेटन शिक्षण अस्पताल महाराजगंज पुग्दा कांग्रेस कार्यक्रताले भट्टराइलाई धकलेको र नाराबाजी गर्दै भेटन नदिएको भट्टराईका सहयोगी पुष्प भट्टराईले बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट थापाकै प्रतिस्पर्धी बनेका भट्टराईलाई कांग्रेसका कार्यक्रताले दुव्र्यवहार गरेको वाम गठबन्धनले जनाएको छ । गगनलाई लक्षीत गरी नेता थापालाई लक्षीत गरी गराइएको आक्रमणबाट थापासहित ११ जना कांग्रेसका कार्यक्रता घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया