काठमाडौं– काठमाडौँको बुढानिलकण्ठमा कँग्रेसका चर्चित नेता गगन थापालाई बम आक्रमण भए लगत्तै बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएपछि मच्चियो खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित भिआइपी’ क्षेत्रमै बम भेटिएपछि खैलाबैला मच्चिएको हो । अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको उच्च स्रोतले जनाएको छ । सो बम नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ । सोबार मध्यान्ह नै राजधानीको बुढानिलकण्ठमा कँग्रेसका चर्चित नेता गगन थापालाई लक्षीत गरी बिष्फोट गराइदा ११ जना घइते भएका छन् ।

तपाईको प्रतिक्रिया