ल्वाङ्गको प्रयोग आयुर्वेदिक औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । ल्वाङ्गले धेरै किसिमको गम्भीर रोगलाई निर्मूल पार्न सक्छ। ल्वाङ्ग एक प्रकारको मसाल हो। यदी हरेक दिन ल्वाङ्गको अलग-अलग तरिकाले सेवन गरेमा यसले तपाई विभिन्न किसिमको रोगबाट छुटकारा दिन्छ । ल्वाङ्गको सेवनले हुने आश्चर्यजनक फाइदाहरू यस्ता छन् ।

१- ल्वाङ्गलाई मुखमा राखेर त्यसको रस चुस्नाले खोकी लाग्न कम हुन्छ । जबसम्म मुखमा ल्वाङ्ग रहन्छ, तबसम्म खोकी बन्द हुन्छ ।

२- ल्वाङ्गलाई मुखमा राखेर चुस्नाले मुख र श्वासको गन्ध कम हुन्छ ।

३- ल्वाङ्गको तेलको केही थोपा कुनै सफा कपडाको टुक्रामा राखेर त्यस कपडालाई पटक- पटक सुघ्नाले रुघाखोकी समस्या ठिक हुन्छ र साथै नाक पनि बन्द हुँदैन ।

४- ल्वाङ्गलाई पानी सँग पिसेर १०० ग्राम पानीमा मिलाएर छानेर मिश्री मिलाएर पिउँदा मुटु पोल्ने कम हुने र पेट पोल्न बन्द हुन्छ ।

५- जोर्नीको दुखाईमा ल्वाङ्गको तेलले मसाज गर्नाले पीडा कम हुन्छ ।

६- ल्वाङ्गलाई पानीको साथ पिसेर हल्का मनतातो पानीमा मिलाएर पिउनाले वाकवाकी हुन् कम हुने र निकै प्यास लाग्न पनि कम हुन्छ ।

७- ल्वाङ्गलाई बाख्राको दुधमा पिसेर आँखामा काजलको रूपमा लगाउनाले रतन्धो रोग ठिक हुन्छ ।

८-एक ल्वाङ्गलाई पिसेर एक मिश्रीमा मिलाएर गर्भवती महिलाले चाटेर खाँदा उल्टी आउन बन्द हुन्छ ।

९-ल्वाङ्ग र चिराइतोको बराबर मात्रा पानीको साथ पिसेर सेवन गर्नाले ज्वरो कम हुन्छ ।

तपाईको प्रतिक्रिया