नेपालगन्ज – एमालेले आफ्नो आधार इलाका मान्दै आएको बाँकेको क्षेत्र नम्वर ३ खजुरामा काँग्रेसको दवदवाह देखिएको छ । काँग्रेसका युवा नेता तथा क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले एमालेका दर्जनौं कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराउनुभएको छ । मौन अवधि सुरु हुनु पुर्व सन्ध्यामा एमालेलाई ठूलो झट्का लाग्नेगरी खजुरामा काँग्रेसले प्रजातन्त्र र लोकतन्त्र मान्नेहरुलाई एकत्रित गर्न सफल भएको हो । एमाले छाडेर काँग्रेस प्रवेश गर्नेहरुले कम्युनिष्ट अधिनायकबाद लाड्न खोजेको भन्दै त्यसले मुलुकलाई ठूलो संकटमा हाल्ने बुझेर आफुहरु काँग्रेसको पक्षमा उभिएको वताए । खजुराको एफ गाउँमा आयोजित चुनावीसभामा एमालेका युवा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । चुनावको मुखमै एमाले छाडेर काँग्रेसमा प्रवेश गरेपछि लोकतान्त्रिक गठबन्धनप्रती जनलहर बढेको प्रदेशसभा ख का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिंजालीले वताउनुभयो ।

यसैबीच क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा क मा उम्मेदवार चन्तराम थारु ख मा उम्मेदवार लक्ष्मीनारायण शाहले घरदैलो अभियानलाई निर्णायक तहमा पुराएको भन्दै मतदाताहरुमा लोकतान्त्रिक गठबन्धनप्रती ठूलो भरोसा रहेको वताउनुभयो ।

तपाईको प्रतिक्रिया