स्वस्थ रहन पुरुष र महिलाको लागी अलग-अलग हुँदैन । शारीरिक अवस्थामा स्वस्थ रहनु शरीर र मस्तिष्क दुवै स्वस्थ राख्नु हो । नियमित एक्सरसाइजले मांशपेसीमा शक्ति आउने र शरीरको रोग पर्तिरोधक क्षमतालाई विकास गर्ने र अन्य किसिमको रोगबाट बँच्न सकिन्छ । यसकारण पुरुषलाई स्वस्थ रहनको लागी यी कुरामा विशेष ध्यान राख्नु पर्दछ ।

आराम एवम् सहज जीवनशैली  

आधुनिक र सहज जीवनशैलीको कारण पुरुष २० वर्ष पछि हृदयघातको समस्याले पीडित हुन थाल्छन् । जुन पुरुष सहज जीवनशैली अथवा आरामको जीवन जिउने गर्दछन् साथै एक्सरसाइज गर्नबाट टाढा हुने र जङ्क फूड एवम् डिब्बामा बन्द रहेको आहारको सेवन बढी गर्दछन् भने उनीहरूलाई खराब कोलेस्ट्रोल वा निम्न घनत्व भएको लिपोप्रोटीनको स्तर रगतमा सधैँ उच्च रहन्छ । आफ्नो शरीरमा एलडीएल को स्तर कम राख्नको लागि नियमित एक्सरसाइज गरेर एचडीएल को स्तरलाई उच्च गर्न सकिन्छ ।

रक्तचाप सामान्य राख्नुहोस्

जीवनमा कठिन प्रतिस्पर्धाको कारण उत्पन्न हुने निराशा र तनावको कारणले पुरुष उच्च रक्तचापको रोगी हुनु एक सामान्य समस्या भैसकेको छ । नियमित व्यायामले रक्तचापको स्तरलाई सामान्य राख्नमा मद्दत मिल्ने र यस कारणले हृदयघात र मुटु रोगको खतरा पनि कम हुन्छ ।

रक्त संचार बढाउने

जब तपाई एक्सरसाइज गर्नुहुन्छ तब शरीरको रक्त संचार राम्रो हुन्छ । शरीरमा रगतको आपूर्ति पनि अधिक हुन थाल्छ । रक्त धमनी शरीरमा रगतको आवश्यकता अनुसार फैलाउने र खुम्चाउने गर्छ । जब मानिस सहज जीवनशैलीमा बाँच्न थाल्छ तब कुनै पनि किसिमको श्रम र एक्सरसाइज गर्ने गर्दैनन् । जसको कारणले रक्त धमनीमा कोलेस्ट्रोल जम्मा हुनाले रक्त धमनी खुम्चिन्छ । जुन अन्त्यमा हृदयघातको कारण बन्छ ।

रोगको खतरा कम गर्ने

अस्वस्थ जीवनशैली र आहारमा अनियमितताको कारण वर्तमानमा डायबिटीज, क्यान्सर, अर्थराइटिस, मुटु रोग, पेटको समस्या आदि बढ्दै छ । यी रोगहरू देखि बँच्ने कोशिश गर्नुपर्दछ । यसको लागी दिनहुँ व्यायाम र जाँच गर्नुपर्दछ ।

वजन कम गर्नु

वजन बढ्नाले विभिन्न किसिमको रोगहरू लाग्ने हुन्छ । यसकारण वजन कम गर्न विशेष ध्यान राख्नुपर्दछ । वजन कम गर्नाले मुटु रोग हुँदैन । वजन कम गर्नका निमित्त दिनहुँ व्यायाम गर्ने र स्वस्थ आहारको सेवन गर्नुहोस् ।

तपाईको प्रतिक्रिया