शरीरमा ब्लड सुगरको स्तर बढ्नाले स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुन्छ । सो कारण यस ब्लड सुगरको मात्रा कम गर्न यी किसिमको उपाय अपनाउन अति आवश्यक छ ।

१- हिड्नु

हिड्नु र हल्का- फुल्का भए पनि व्यायाम गर्दा ब्लड सुगर बढ्दो स्तरलाई कम गर्न सक्छ । सो कारण दिनहुँ बिहान-साँझ हिड्ने बानी गर्नुपर्दछ ।

२-हरियो सागसब्जी

हरियो सागसब्जी जस्तै: पालक, करेला, लौकी, गोभी आदिको सेवन गर्नुहोस् । यसमा भिटामिन्स, बीटा क्यारोटिन र म्याग्नेशियमको राम्रो मात्रा हुन्छ । जुन शुगरमा लाभदायक हुन्छ ।

३- मेथिदाना

मेथिदानाको सेवन रगतमा सुगरको स्तरलाई कम गर्न निकै फाइदायुक्त हुन्छ । दिनहुँ यसको सेवन गर्नाले सुगरको स्तर नियन्त्रणमा रहन्छ ।

४- जौ को सेवन

जौ फाइबरले भरिपूर्ण हुन्छ र शरीरमा रहेको ग्लुकोजको स्तरलाई लामो समय सम्म मेटाबोलइज गर्न सहयोगी हुन्छ । दिनहुँ यसलाई कुनै न कुनै रूपमा आहारमा समावेश गर्नुहोस् ।

५- भिटामिन डी

रगतमा सुगरको स्तरलाई नियन्त्रण राख्नको लागी शरीरमा भिटामिन डी को स्तर बनाई राख्नुहोस् । भिटामिन डी को कमी हुनाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ ।

तपाईको प्रतिक्रिया