काठमाडौं। चुनाव प्रचारप्रसारका क्रममा बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले काँग्रेस नेता गगन थापालाई केन्द्रित गरी बम प्रहार गरेपछि घाइते बनाएपछि उनलाई आकस्मिक रुपमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइएको छ ।

घाइते भएपछि उपचारका लागि उनीसहित घाइते अन्य १० जनालाई शिक्षण अस्पताल पुर्याइएको थियो । । थापाको कान र ढाडमा चोट लागेको छ । बुढानीलकण्ठ चपलीमा सोमबार दिउँसो बम विष्फोट हुँदा उनी घाइते भएका थिए । सामान्य घाइते भएका उनी उपचारपछि सिफलको अर्को चुनावी सभामा पुन गएका छन् ।  १० जना अन्य घाइतेमध्ये ३ को अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया