काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस काँग्रेसका चर्चित नेता गगन थापा सहित ११ जना घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट हुँदा थापाको कान र ढाडमा चोट लागेको गगन थापा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार गगनलाई बमको छर्राले लागेको हो । यद्यपि उनको चोट सामान्य छ । आक्रमणमा परी २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया