कपिलवस्तुमा व्यावसायिक दृष्टिकोणले चालु अवस्थामा रहेका तीन नाका आज राति १२ बजेदेखि बन्द हुने भएका छन् । नेपाल–भारत सीमाको कृष्णनगर नाका, मर्यादपुर खुनुवा नाका र चाकरचौडा नाका बन्द हुन लागेको कपिवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । नाका बन्द भएपछि सामान्य आवतजावत भए पनि सवारीसाधन जाँच गरेर निगरानीमा मात्रै सञ्चालन हुनेछन् । निर्वाचनलाई लक्षित गरेर बन्द हुन लागेको नाका २१ गते निर्वाचन सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउने प्रजिअ भुजेलले जानकारी दिनुभयो । “निर्वाचनमा आपराधिक गतिविधि नहुन भनेर नाका बन्द गरेका हौँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया