नवलपरासी । कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आगजनी भएको छ । घटना हो नवलपरासीको । नवलपरासीको देवचुलीमा कांगे्रसका उम्मेदवारको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आगजनी भएको हो । आगलागी गएराति भएको हो ।

नवलपुर प्रतिनिधिसभा–१ मा कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको लालकुमार श्रेष्ठको कारमा राति घरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगजनीबाट कारको ढोका, सिट लगायतको भागमा क्षति भएको छ । कारमा आगो लगाउने समुहको खोजी भइरहेको र आगो लगाएको आशंकामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया