सर्लाही । सर्लाहीका दुई स्थानमा सोमबार एकाबिहानै बम विष्फोट भएको छ । सर्लाहिको कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा सोमबार बिहान प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट भए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । त्यस्तै सदरमुकाम मलंगवास्थित क्षेत्र नं २ की स्वतन्त्र उम्मेदवार उर्फ राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्वरको गाडीभित्र बम विष्फोट भए पनि मानवीय क्षति नभएको डिएसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया