ताजा खबर:- आजभोली शरीर मसाज गराउने मानिसको संख्या तीव्र रूपमा बढेको छ । मसाज गराउँदा मानिसमा यो धारणा छ कि तनाव र चिन्ताबाट छुटकारा मिल्छ । मानिसहरू तनावबाट मुक्ति पाउनको लागि शरीरको मसाज गराउने गर्दछन् ।

शरीरको मसाजले पुरै शरीरलाई फाइदा मिल्छ । यसले तनावमुक्त राख्नुको साथै टाउको दुख्ने र साइनस जस्ता समस्याहरूबाट पनि छुटकारा दिन्छ ।

मसाजको फाइदाहरू

-मसाजले शरीरको तनाव र चिन्ता उत्पन्न गर्ने कार्टिलोस हर्मोन्सको स्तर कम गर्छ ।

-मसाज प्राकृतिक दुखाई निवारक हो । मांशपेशीलाई आराम हुन्छ । टाउको दुख्ने र शरीर दुख्ने समस्याबाट आराम मिल्छ ।

-नियमित मसाज गर्दा शरीरको अतिरिक्त बोसो कम हुन्छ । मसाज मोटोपन घटाउनको लागि पनि लाभदायक हुन्छ ।

-मसाजले मांशपेशीको कठोरपन हट्छ । शरीरमा लचिलोपन आउँछ ।

-नियमित मसाजले शरीरको सबै अंगमा रक्तसंचार राम्रो हुन्छ । BP सामान्य हुन्छ ।

-नियमित मसाजले त्वचा स्वस्थ हुने र सुन्दरता बढ्छ । त्वचाको रंग निखारिनुको साथै चाउरीपनको समस्याबाट बँच्न सकिन्छ ।

-मसाजले शरीरको मांशपेशीलाई आराम मिल्छ । चिन्ता र थकान हट्छ । राम्रो निन्द्रा लाग्छ ।

-मसाजले आन्द्राको क्षमतालाई राम्रो बनाउँछ । शरीरबाट टक्सिन्स निकाल्छ । पाचन प्रक्रिया राम्रो हुन्छ ।

-मसाजले शरीरमा रक्तसंचार सामान्य हुन्छ ।  प्रतिरोधक क्षमता राम्रो हुने भएकोले डायबिटीजमा लाभ हुन्छ ।

-मसाजले BP सामान्य रहन्छ । मुटुको धड्कन सामान्य हुन्छ । यसले मुटु स्वस्थ रहन्छ ।

मसाजमा ध्यान राख्नुपर्ने कुराहरू

१- राम्रो प्रशिक्षित मसाज गर्ने व्यक्ति वा लाइसेन्स प्राप्त सेन्टरबाट मसाज गराउनुहोस् ।

२-कुनैपनि स्वास्थ्य समस्या छ भने पहिले चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।

३- घाउ, चोट, फ्रेक्चर, डीप भेन थ्रम्बोसिस जस्ता समस्यामा भुलेर पनि मसाज गर्नुहुँदैन ।

४-यदि मसाज गराउँदा कुनै समस्या हुन्छ वा दुखाई बढ्न लागेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस् ।

तपाईको प्रतिक्रिया