ताजा खबर:- आजको व्यस्त दुनियाँमा मानिसहरू आफ्नो कामको तनाव र गलत जीवनशैलीको कारण उच्च रक्तचापको रोगी बढ्दै गएका छन् ।  अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्याधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पुर्याउँछ । यस समस्याको कारणले मानिसहरूमा किड्नी फेल, हार्ट अट्याक र हार्ट फेल जस्ता गम्भीर समस्याहरू देखिन थालेको छ ।

उच्च रक्तचापका कारण शरीरको बाँकी अंगमा पनि नकारात्मक असर पर्छ । यदि यसको समयमै उपचार हुन नसकेमा यस रोगका कारण तपाईको ज्यानै जान सक्छ । हुनत: यसबाट बँच्नको लागी कयौँ उपचार र औषधीहरू उपलब्ध छ । यदि तपाई आयुर्वेदिक तरिकाले यस समस्यालाई नियन्त्रण गर्न चाहनुहुन्छ भने यहाँ केही यस्ता आयुर्वेदिक उपाय चर्चा गरिएको छ, जुन तपाईको लागी अत्यन्तै लाभदायक सावित हुनसक्छ ।

लसुन

हाइपरटेन्शनको लागि लसुनको प्रयोग गर्नु शरीरको लागि निकै फाइदाजनक हुन्छ । यसमा एलीसिन नामक यौगिकमा एन्टी-ब्याक्टेरियल, एन्टीअक्सीडेन्ट र एन्टी हाइपरटेन्शन गुण पाईन्छ । जसको कारणले रक्तसंचार अझ सजिलो बनाउँछ र रक्तचापलाई नियन्त्रण राख्छ । यसको लागि दिनहुँ हरियो सागपात र सलादमा लसुन सेवन गर्नुहोस् ।

अंगुर

अंगुरमा पाईने पोटाशियम रक्तचाप नियन्त्रण गर्न निकै सहयोगी हुन्छ । यसको साथै यसमा पाईने एन्टीअक्सीडेन्ट शरीरमा रहेको खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्छ । यसकारण हाइपरटेन्शनको रोगीलाई चिकित्सकले दिनहुँ अंगुर खाने सल्लाह दिने गर्दछन्।

केरा

आयुर्वेदकका अनुसार, केराको नियमित सेवनले तपाईलाई उच्च रक्तचापबाट हुने समस्याबाट बचाउँछ । केरामा हाइपरटेन्सिभ गुण हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्छ ।

डेरी प्रोडक्ट

आयुर्वेदकका अनुसार दिनहुँ चीज, पनीर, बटर र दुध जस्ता डेरी प्रोडक्टको सेवनले शरीरको रक्तचापलाई नियन्त्रण राख्न निकै मद्दत गर्छ । विशेषगरी दुधमा पाईने क्याल्शियम, पोटाशियम र म्याग्नेशियम तपाईको रक्तचापलाई नियन्त्रण राख्छ । जसले हाइपरटेन्शनको सम्भावना कम हुन्छ । यसकारण दिनहुँ एक गिलास दुध अवश्य पिउनुहोस् ।

मेथी

यसमा पाईने पोटाशियम र फाइबरको अधिक मात्रा रक्तचापलाई नियन्त्रण राख्न निकै सहयोगी हुन्छ । एक-दुई चम्मच मेथीलाई पानीमा उमालेर छानुहोस् र अलग गर्नुहोस् । अब यसलाई पिस्नुहोस् यसपछि दिनहुँ बिहान खाली पेट यसको सेवन गर्नुहोस् ।

प्याजको रस

यदि रक्तचापलाई नियन्त्रण राख्न चाहनुहुन्छ भने दिनहुँ प्याजको रसको सेवन अवश्य गर्नुहोस् । प्याजको रसले रगतलाई सफा गर्नुको साथै तपाईको मुटुको स्वास्थ्यको लागि पनि निकै फाइदायुक्त हुन्छ । यसको लागि प्याजको रस निकाल्नुहोस् र यसको बराबर मात्रामा मह मिलाएर दिनहुँ यसको सेवन गर्नुहोस् । केही दिनमै यसको असर तपाईले देख्नुहुन्छ ।

तपाईको प्रतिक्रिया