काठमाडौं । मोटरसाइकलको साइलेन्सरमा १७ किलो सुन सहित पक्राउ परेका छुल्टिम तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार प्रहरीले बालाजुबाट पक्राउ गरेका छुल्टिम तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका निवासी तामाङको साथबाट १७ किलो सुन बजार मूल्य अनुसार ८ करोड ९ लाख बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै उनको साथबाट नेपाल र चीनको सिम भएको २ वटा मोबाइल पनि बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया