ताजा खबर :- आयुर्वेदका अनुसार पाचन तन्त्र हाम्रो शरीरको मुख्य केन्द्र हो । जब भोजन सन्तुलित ढंगले हुँदैन तब कयौँ समस्याहरू उत्पन्न हुन्छन् । आयुर्वेदका अनुसार, यसबाट बँच्नको लागि मनतातो पानी पिउँदा निकै फाइदाजनक हुन्छ । चिसो पानी पिउँदा पाचन प्रणालीको कार्यमा बाधा पुर्याउँछ । जसबाट अवशोषण, एसिमिलेशन, मेटाबोलिज्म र डाइजेशनमा बाधा आउँछ ।

मनतातो पानी पिउँदा भोक बढ्ने र पाचन प्रणाली सन्तुलित रहन्छ । यसले घाँटीलाई स्वस्थ राख्नुको साथै ब्लैडरलाई पनि सफा राख्छ । यसको साथै मनतातो पानी पिउँदा बाडुल्की लाग्ने र कफको समस्याबाट सजिलै आराम मिल्छ ।

यसमा श्वास फुल्ने, ज्वरो र रुघाखोकी जस्ता समस्यालाई पनि निको पर्ने गुण हुन्छ । यसले शरीरबाट मेटाबोलिक विषाक्त पदार्थलाई पनि बाहिर निकाल्छ । यसकारण हरेक दिन खाना खाईसकेपछि एक-दुई घण्टाको अन्तरालमा मनतातो पानी पिउँदा पाचन प्रणाली राम्रो हुन्छ र शरीरको स्नायु प्रणालीबाट विषाक्त पदार्थ पनि बाहिर निस्कन्छ ।

मनतातो पानी पिउनुको फाइदाहरू

-सहनशिलता र प्रदर्शन क्षमता बढाउँछ ।

-रक्तसंचार सन्तुलित रुपमा हुन्छ ।

-शरीरबाट अधिक पसिना आउँछ ।

-कब्जियतको समस्याबाट आराम दिन्छ ।

-वजन घटाउन सघाउँछ ।

-शरीरलाई सफा र स्वच्छ राख्छ । रुघाखोकीको समस्याबाट छुटकारा दिन्छ ।

-शरीरको दुखाईलाई कम गर्छ । राम्रो सोचको विकास हुन्छ ।

आयुर्वेदका अनुसार मनतातो पानी पिउँदा हाम्रो शरीर र मस्तिष्क शुद्ध रहन्छ र मानसिक स्थिति पनि सन्तुलित रहन्छ । यो सन्तुलनले तपाईको विचारलाई स्पष्ट गर्न मद्दत गर्छ । जसले सम्पूर्ण स्वास्थ्यलाई स्वस्थ बनाउँछ ।

तपाईको प्रतिक्रिया