एजेन्सी । बिरामीको पेटबाट डाक्टरले निकाले स्टिलको गिलास भन्दा जो कोहीले पत्याउँदैनन् । पत्याउन पनि मुस्किल पर्छ । तर भारतको मध्य प्रदेशस्थित सतनामा पेट दुख्यो भनेर अस्पताल पुगेका यि बिरामीको भिडियो एक्से गर्दा चिकित्सक नै छक्क परे । कारण हो पेट दुखेर पखाला समेत लागेका बिरामीको पेटबाट चिकित्सकले स्टिलको गिलास निकाले ।

५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् । आकस्मिक रुपमा शल्यक्रिया गरेर बिरामीको पेटबाट गिलास निकाल्न चिकित्सक सफल भए पनि उनको शरीरमा गिलास कसरी गयो भन्ने विषयमा केही खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया