काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलमा नेपालद्धारा केन्यालाई ६ विकेटले पराजित भएको छ । केहीबेर अघि युएईमा सम्पन्न खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी र सोमपाल कामी आजको खेलमा सहभागी नभएको अवस्थामा पनि नेपालले राम्रो प्रर्दशन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालका लागी आजका शरद भेषावकर र युवा स्टार दिपेन्द्र सिंह ऐरीले ७६ रनको साझेदारी गर्दै स्कोर १०५ पुर्‍याए ।

जितका लागि ६ रन आवश्यक हुँदा व्यक्तिगत ४६ रन जोडेका दिपेन्द्र १९औं ओभरमा रनआउट भए । पाँच जना सिनियर खेलाडीबिना मैदानमा उत्रिएको नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको हो । त्यस्तै यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२।२ ओभरमा सबै विकेट गुमाएर ११० रनको योगफल तयार गरेको थियो । केन्याका लागि ओपनर सुशव पटेल र अलेक्सुमा ओवान्दाले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि अन्यले उल्लेखनीय रन बटुल्न सकेनन् ।

तपाईको प्रतिक्रिया