काठमाडौं – काठमाडौं क्षेत्र नम्बर –७ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका एमाले नेता रामवीर मानन्धरले वामपन्थी सरकारले मात्रै देशको सम्वृद्ध्रि र विकास गर्न सक्ने बताउनुभयो ।

चुनावी प्रचारप्रसारको क्रममा घरदैलो अभियानमा उहाँले यस्तो बताउनुभएको हो । कम्युनिष्ट एकता आजको आवश्यकता भएको भन्दै उहाँले चुनावपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यो सरकारले मात्रै देशलाई समृद्धिको बाटोमा लाने दाबी गर्नुभयो ।

देशको स्थिर र तीव्र विकासको लागि वामपन्थी सरकारको विकल्प नरहेको भन्दै उहाँले वाम सरकारले गर्न नसकेको विकास अरु कसैले पनि गर्न नसक्ने बताउनुभयो । वामपन्थी सरकारले पनि अबको पाँच वर्ष भित्र सम्वृद्ध नेपालको निर्माण गर्न नसके आफूले सधैँका लागि राजनीति नै छोडिदिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया