काठमाडौं । गौचन हत्याकाण्डका मुख्य आरोपी तथा गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य तथा फरार अभियुक्त सिंहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हत्याको लामो समयपछि मत्र मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको हो । काठमाडौंको सितापाइला क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न उनीलगातको योजनामा गौचनको हत्या भएको प्रहरीले जनाएको छ । असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको राजधानीको वानेश्वरमा गोली हानी हत्या भएको थियो । गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन । हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेपनि अझैं अरु ७ जना फरार नै छन्

तपाईको प्रतिक्रिया