फलफूल स्वास्थ्यको लागि सधैँ फाइदायुक्त हुन्छ तर प्रायजसो मानिसहरू फलफूल कुनै पनि समयमा सेवन गर्ने गर्दछन् । यसो गर्नु उनीहरूको स्वास्थ्यको लागि निकै भारी पर्न सक्छ । कुन फल कुन समयमा खाँदा तपाईको स्वास्थ्यको लागि फाइदायुक्त हुन्छ, जानी राखौँ ।

दिनहुँ बिहान स्याउ खानुहोस्

स्याउलाई नास्ताको रूपमा खाँदा स्वास्थ्यको लागि लाभकारी हुन्छ । यसमा पेक्टिन नामक तत्व रहेको हुन्छ, जसले बीपी लाई कम गर्ने र कोलेस्ट्रोललाई घटाउँछ । यदि स्याउ राती खाँदा पेक्टिनलाई पचाउन कठिन हुन्छ, जसले एसिडिटीको समस्या हुनसक्छ ।

दिउँसोको खाना पश्चात् केरा खानुहोस्

केरालाई दिउँसोको भोजन पश्चात् खानुहोस् । यसले शरीरको इम्यूनिटी बढाउँछ । रातीमा यसलाई सेवन गर्दा डाइजेस्ट हुन कठिन हुन्छ ।

बिहान आलू खानुहोस्

आलू वा यसबाट बन्ने चीजलाई सकेसम्म बिहान नास्ताको समयमा सेवन गर्नुहोस् किनभने यसमा हाइक्यालोरी हुन्छ र रातीमा खाँदा वजन पनि बढ्छ ।

सुत्नुअघि दुध पिउनुहोस्

सुत्नुअघि दुध पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसबाट निन्द्रा पनि मिठो लाग्छ । हुनत: यदि तपाई बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया