ताजा खबर :- लसुनको सेवन स्वादको साथ-साथै स्वास्थ्यका लागी औषधीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । तर केही स्वास्थ्य समस्यामा लसुनको प्रयोग हानिकारक प्रमाणित भएको छ ।  यदी यो ५ समस्या तपाईलाई पनि छ भने लसुनको प्रयोग नोक्सनदायक हुन्छ ।

१- एसिडिटी, हार्टबर्न, पेटको अल्सर र डायरिया जस्ता समस्यामा लसुनको सेवन गर्न बन्द गर्नुपर्छ । लसुनले यी समस्यालाई अझ बढाउछ ।

२- एनिमियाका लागी पनि लसुनको सेवन हानिकारक हुने गर्छ । यस अवस्थामा लसुनको सेवन हीमोग्लोबिनमा कमीको कारण हुन सक्छ । जसलाई हीमोलाइटिक एनिमिया पनि भनिन्छ ।

 ३- यदी तपाईलाई लो ब्लड प्रेशरको समस्या छ भने लसुनको सेवन गर्नु हुँदैन । यसले रक्तचाप थप कम गर्छ । यसको विपरीत हाई ब्लडप्रेशरको रोगीको लागी लसुनको प्रयोग रक्तचाप कम गर्न सहयोगी हुन्छ ।

 ४- गर्भावस्थामा लसुनको सेवन निकै नोक्सानदायक हुन्छ । लसुनको सेवनले गर्मी उत्पन्न हुन्छ, जसको कारणले गर्भास्थाको शिशुको लागी हानिकारक हुने गर्छ । यसकारण यसको सेवनबाट बँच्नु पर्दछ ।

५- यदी कुनै किसिमको अप्रेशन वा सर्जरी गर्नेहरूका निमित्त लसुनको सेवन समस्याको कारण बन्न सक्छ । यसले रगत पातलो बनाउने र सर्जरीको समयमा ब्लीडिङ्ग अधिक हुन्छ ।

तपाईको प्रतिक्रिया