ताजा खबर :- मानिसहरू प्रायजसो खाना पश्चात चिया पिउन रुचाउने गर्दछन्  केही मानिसहरू बिहानको नास्ता र रातीको खाना पश्चात चियाको सेवन गर्ने गर्दछन् । तर चियाको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्छ   

१ घण्टा भित्र चिया वा कफीको सेवन गर्नबाट बँच्ने

बिहानको नास्ता पश्चात एक घण्टाको भित्र चिया वा कफीको सेवनले रोगलाई नजिक बनाउछ  यसले शरीरमा आइरनको अवशोषणको क्षमता घट्छ र पोषण प्रयाप्त हुँदा पनि मानिस एनिमिया( रगतको कमी) को शिकार हुन पुग्छ 

खानाको साथमा चिया र कफीको सेवन गर्न नहुने

नास्ता वा आहारमा एक घण्टा सम्म चिया वा कफी देखि टाढा रहनु पर्दछ यसले नास्ता वा आहारबाट लिएको सबै पोषण शरीरलाई मिल्छ र रोगहरूबाट बँच्न सकिन्छ 

मुटु रोगीले कफी सेवन गर्न नहुने  

मुटु रोगबाट पीडित मानिसले कफी सेवन गर्नबाट बँच्नु पर्ने अथवा एकदम कम मात्रामा यसको सेवन गर्नु पर्दछ । कफीको सेवनले शरीरमा रक्तचाप बढ्छ, जसले हृदयको धड्कनलाई अनियमित बनाउछ ।  

चियाको सेवनले हुन सक्ने रोगहरू

१- चियामा हुने क्याफिनले शरीरमा कोर्टिसोल अर्थात् स्टेरोयड हर्मोन्सलाई बढाउछ । जसले गर्दा स्वास्थ्य समस्याहरूको सामना गर्नु पर्दछ । यसमा मुटु रोगको समस्या, डायबिटीज र वजन बढ्ने समस्याहरू देखा पर्छ ।

२-चियाको पातमा अम्लीय गुण हुन्छ । जुन आहारको प्रोटिन सँग मिलेर प्रोटिनलाई  कडा बनाउछ । यसले गर्दा प्रोटिनलाई पचाउन कठिन हुने र पाचनमा असर पर्छ ।

३-चिया र कफीमा टैनिन केमिकल हुन्छ जसले आइरनको अवाशोषनलाई बाधा गर्छ । यसले मानसिक र शारीरिक थकान हुन्छ  जुन महिलालाई आइरन, क्याल्शियमको कमी हुन्छ  उनीहरूले खाना खाए पश्चात चिया खानु हुँदैन । 

तपाईको प्रतिक्रिया