ताजा खबर :- विशेषगरी पुरुष र महिला दुवैलाई काखीमुनिको कालोपनको कारण लज्जित बन्नुपर्ने हुन्छ । आधुनिक जीवनशैलीको कारण महिलाहरू वेस्टर्न ड्रेसेस लगाउँछन् । जसमा महिलाहरू स्लीभलेस वा अफशोल्डर ड्रेस लगाउँछन् । जब उनीहरू यस्ता ड्रेसेस पहिरिएर हात उठाउँछन् तब काखीमुनिको कालोपन देखिन्छ तब उनीहरूको आधाभन्दा बढी आकर्षक व्यक्तित्व त्यही बेला नै कम हुन्छ ।

यस समस्याबाट छुटकारा पाउनका लागि मानिसहरू हरेक किसिमको कास्मेटिक प्रोडक्ट्सको प्रयोग गर्दछन् तर आज हामी एक यस्तो घरेलू उपायको चर्चा गर्दैछौँ जसको एकै पटक प्रयोग गर्नाले काखीमुनिको कालोपन कम हुन्छ ।

काखीमुनिको कालोपन हुनु विभिन्न कारण हुनसक्छ । कतिपय मानिसहरूले ठिक सँग सफा गर्दैनन् भने कतिपयले काखीमुनिको कपाल हटाउनका लागि खराब कम्पनीको प्रोडक्ट्स प्रयोग गर्छन् । आज हामी जुन घरेलू उपायको बारेमा चर्च गर्दैछौँ यो हरेक भान्सा पाइने चीनी हो । चीनी स्वादमा मिठास ल्याउनुको साथै काखीमुनिको कालोपनलाई हटाउनका लागि पनि उतिनै उपयोगी सावित भएको छ ।

यस घरेलू उपाय प्रयोग गर्नका लागि तपाईसँग चीनीको साथमा मह पनि छ भने यो निकै फाइदाजनक हुन्छ । यसलाई लगाउनको लागि एक भाँडामा त्यति नै मात्रामा चीनी र मह राख्नुहोस् जति तपाईको कालो भागमा लगाउनु पर्नेछ । अब यसलाई एक-आपसमा मिश्रण गर्नुहोस् र प्रभावित ठाउँमा पहिला हल्का हातले मसाज गर्नुहोस् । यसलाई लगभग 15 मिनेट सम्म छोड्नुहोस् र यसपछि मनतातो पानीले धुनुहोस् ।

यसपछि तपाईले एक लेप थप लगाउनु पर्दछ । तपाईलाई बजारमा कुनै पनि ठाउँमा सस्तो मूल्यमा चारकोल(कोयला) मिल्छ । चारकोल र महको मिश्रण बनाउनुहोस् । अब यस मिश्रणलाई काखीमुनिको कालो भागमा लगाउनुहोस् । यसलाई 15 मिनेटसम्म छोड्नुहोस् र यसपछि मनतातो पानीले धुनुहोस् । यस घरेलू उपायलाई एक पटक अवश्य प्रयोग गर्नुहोस् र फरक आफैँ देख्नुहुनेछ ।

तपाईको प्रतिक्रिया