ताजा खबर:- बेडमा मोटो गद्दामा सुत्ने इच्छा कसलाई हुँदैन र? धेरै मानिस मोटो गद्दामा सुत्न मन पराउने गर्दछन् । के तपाईलाई थाहा छ? बेडमा यी आरामदायक गद्दामा सुत्दा हाम्रो शरीरमा नकारात्मक असर पर्दछ । यसकारण बेडमा सुत्नु भन्दा जमीनमा सुत्दा निकै फाइदाजनक हुन्छ । जमीनमा सुत्दा हुने यी फाइदा थाहा पाएर तपाई बेडमा र मोटो गद्दामा सुत्ने बानी तुरुन्तै छोड्नुहुनेछ ।

शरीरको आसन राम्रो हुने

मोटो गद्दा वा बेडमा सुत्नाले शरीरको आसन बिग्रन सक्छ तर जमीनमा एक चटाई वा तन्ना बिछाएर सुत्दा शरीरको आसन एकदमै राम्रो हुन्छ । यसबाट मांसपेशीमा अतिरिक्त दबाब हुँदैन र हड्डी पनि प्राकृतिक अवस्थामा रहन्छ ।

हड्डीको संरचनामा सुधार आउँछ

जमिनमा सुत्नाले हड्डीको संरचनामा सुधार आउँछ । यदी हड्डी र जोर्नीमा कुनै चोट छ भने यसबाट आराम पाउन जमिनमा सुत्नु निकै फाइदायुक्त हुन्छ । यसले बाङ्गो-टिङ्गो हड्डी पूर्ण रूपले प्राकृतिक अवस्थामा आउँछ । वास्तवमा यो प्रक्रिया निकै ढिलो भएता पनि दिर्घकालिन रूपमा निकै फाइदाजनक हुन्छ ।

 ढाडसँग सम्बन्धित समस्यामा फाइदायुक्त

ढाडको हड्डी शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । जो शरीरको नर्वस सिस्टमलाई नियन्त्रण गर्छ र यसको सिधा सम्पर्क मस्तिष्क द्वारा हुन्छ । जमीनमा सुत्नाले ढाडको हड्डी एकदम सिधा रहने र यसमा दबाब पनि धेरै कम पर्छ ।यसको कारणले ढाड सँग सम्बन्धित  कुनै समास्य हुँदैन ।

कम्मर दुख्ने समस्याबाट आराम मिल्छ

गलत ढंगले सुत्दा वा मोटो गद्दामा सुत्दा धेरै मानिसलाई कम्मर दुख्ने समस्या हुन् थाल्छ । यस्तो अवस्थामा जमीनमा सुत्नाले कम्मर दुख्ने समस्याबाट सधैँको लागी छुटकारा मिल्न सक्छ ।

हिप्स र काँधको लागी फाइदायुक्त

जमीनमा सुत्नाले हिप्स र काँधको एलाइनमेन्ट राम्रो हुने र शरीरको विभिन्न किसिमको दुखाईबाट आराम मिल्छ ।

तपाईको प्रतिक्रिया