ताजा खबर :-डायरिया त्यो स्वास्थ्य समस्या हो जसमा बच्चाहरूलाई दिनभरिमा तीन वा यो भन्दा बढी पटक पानी जस्तो तरल पातलो दिसा हुन्छ । यसको साथै कयौँ पटक ज्वरो र उल्टी पनि हुन्छ । यस अवस्थामा बच्चाहरूमा पानी र पोषक तत्वको कमी हुनुको साथै अत्यधिक कमजोरी हुन्छन्  । यसबाट बँच्नको लागि तपाईले अवश्य डायरियाको प्रमुख कारण र घरेलू उपाय बारे जान्नुपर्ने हुन्छ ।

१- अधिक तातो वा चिसो वातावारणको साथ-साथै दूषित खानपान डायरियाको प्रमुख कारणमा समावेश हुन्छ ।

२- डायरिया उत्पन्न गर्ने प्रमुख रुपले रोटा भाइरस जिम्मेवार हुन्छ । जसको इन्फेक्शनको कारणले डायरिया हुन्छ ।

३- पानी सफा नहुनु वा कयौँ पटक बाहिरको दुध खुवाउँदा बच्चालाई डायरिया हुनसक्छ । यदि दुध मिसावटी छ भने यसको सम्भावना अझ बढ्छ ।

४- दाँत निस्कने समय पनि बच्चालाई यो समस्या हुन्छ किनभने यस समयमा बंगारामा संवेदनशीलताको कारण केही न केही चपाउने गर्दछन् । जुन धेरै पटक सफा हुँदैन र यो डायरियाको कारण बन्छ ।

५- यदि बच्चालाई लामो समयसम्म एन्टीबायोटिक्स दिइन्छ भने यो डायरियाको कारण बन्छ ।

तपाईको प्रतिक्रिया