ताजा खबर:- विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । यी बाहेक मेवा खाँदा विभिन्न किसिमको साइड इफेक्ट्स पनि हुन्छ । तरपनि कयौँ पटक मेवाको सेवन हाम्रो शरीरको लागि निकै नोक्सानदायक पनि हुन्छ । आज हामी तपाईलाई मेवाको सेवनले हुने नोक्सानको बारेमा जानकारी दिँदै छौँ, जुन यसप्रकार छन् ।

जन्डिस हुने स्वम्भावाना

मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता खतरनाक रोगहरूको सम्भवना निकै बढ्छ । मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ ।

किड्नीमा पत्थरी

हुनत: मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुनसक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ ।

गर्भपातको सम्भावना

काँचो मेवाको कारणले गर्भपातको बारे सबैलाई जानकारी नै छ । काँचो मेवामा पाईने लेटेक्स नामक तत्वको कारणले गर्भाशय खुम्चिने सम्भावना बनिरहन्छ, जसको कारण गर्भपात वा समयभन्दा पहिले नै प्रसवको सम्भावना बढ्छ ।

त्वचामा नोक्सान

अधिक मात्रामा मेवाको सेवन गर्दा त्वचाको रंगमा पहेँलोपन देखिन्छ । यसमा पाईने केरोटीन त्वचाको रंगलाई प्रभावित गर्छ ।

स्तनपानबाट बच्चालाई नोक्सान

आमा बन्ने शुरुवाती दिनमा तपाई मेवाको सेवन गर्नुहुँदैन किनभने मेवामा पपेन नामक एक पदार्थ पाईन्छ, जुन तपाईको शिशुको लागि घातक सिद्ध हुनसक्छ ।

तपाईको प्रतिक्रिया