ताजा खबर काठमाडौँ । नेपालमा प्राय बलिवउ हलिवड स्टारहरु कमैमात्र आउने गर्छन र यदी आईहालेमा त्यस्को निकै ठुलो चर्चा परिचर्चा बन्ने गर्छ। यसै सन्दर्भमा बलिउड अभिनेता निल नितिन मुकेश शुत्रबार साँझा काठमाडौं आइपुगेका छन्। उनी ’ब्याटल अफ डिजेज’ नामक कार्यक्रमका लागि शुक्रबार नेपाल आएका हुन् ।
क्रियटो ए टू जेडले आयोजना गरेको डिजेहरुको ब्याटल दरबारमार्गको क्लब डेजाभूमा आजँ शनिबार साँझ ७ बजे बाट हुदैँ छ। जसमा निल विशेष अतिथिको रुपमा रहनेछन्। नेपालमा पहिलोपटक डिजे ब्याटल हुन लागेको आयोजक संस्थाका उल्लेख निरौलाले शुत्र इन्टरटेन्मेन्टसँगको बिशेष कुाराकानीमा जानकारी गराएका छन् । जसमा नेपाल बाट ५ डिजे प्रतिश्पर्धी रहने छन् भने इन्डीयाको गोवा बाट ५ जनाा प्रतिस्पधी रहने छन् ।
शुक्रबार साझ दरबार मार्ग स्थीत कासा लन्ज बारमा आयोजि एम पत्रकार सम्मेलनमा आयोजकले बलिउड अभिनेता निल नितिन मुकेशलाई भब्य स्वागतका साथ मिडीयामाझ प्रश्तुत गराएको थियो । अभिनेता नितिनले कार्यक्रममा बोल्दै आफ्ना अघिल्लो पुस्ता सबै मुजीसियन भएकालेने पनि म एकदमै खुसी भएको यसै सन्दर्भमा आफँुलाई नेपाल आउने यो अबसर मिलाईदिनुहुने आयोजक प्रति आभार प्रकट गरे ।
विशेष अतिथिको रुपमा आएका निल नितिन मुकेश ब्लक बस्टर लिस्टमा रहेको फिल्म ’गोलमाल अगेन’मा भिलेनको भूमिकामा देखिएका थिए। जोनी गद्दार उनको बलिउड डेब्यु फिल्म हो भने ’न्यु योर्क’, ’सात खुन माफ’, ’प्रेम रतन धन पायो’, ’प्लेयर्स’, ’तेरा क्या होगा जोनी’ उनी अभिनित फिल्महरु हुन्। सञ्जय गान्धीको रुपमा उनी देखिदै छन् फिल्म ’इन्दु सरकार’मा।
आजको यस बिशेषे डिजेहरुको ब्याटल कार्यक्रममा ¥यापर लाउरे, डिजे राजु, डिजे रविश, डिजे सस्पोइसनले निर्णायकको भूमिका निर्भाह रहने छ। प्रतियोगिताको विजेताले ३ लाख २५ हजार बराबरको मोटरसाइकल पुरस्कार पाउने जानकारी आयोजकले गराएको छ।

तपाईको प्रतिक्रिया