काठमाडौं । पछिल्लो समय चर्चामा रहेका दुई कलाकारहरु हुन् नायिका करिश्मा मानन्धर तथा नायक एवं निर्माता रमेश उप्रेती । नायिका करिश्मा मानन्धर कलकारितासँगसँगैको राजनीतिका कारण चर्चामा छिन् भने नायक रमेश उप्रेतीले लामो समयको ग्यापपछि निर्मण गरेको फिल्म ऐश्वर्यका कारण चर्चामा छन् । कुनै समय नायिका करिश्मासाग एकसाथ काम गरेका नायक उप्रेतीले नयाँ शक्तिका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी करिश्मालाई संसदमा ल्याउन भोट मागेका हुन् । नायक उप्रेतीले फेसबुकमार्फत सार्वजनिक रूपमै समानुपातिकको मतपत्रको आँखा चुनाव चिन्हमा भोट दिएर करिश्मालाई साथ दिन अनुरोध गरेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘नेपाली चलचित्र क्षेत्रको सुन्दर सदाबहार नायिका करिश्मा मानन्धर, जति बाहिरी सुन्दरता छ त्यो भन्दा पनि राम्रो मन भएको असल मान्छे हुन् । कलाकारितामा दुई दशकभन्दा बढीको योगदान सबैलाई अवगतै छ । नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको बन्दसूचीमा करिश्मालाई पहिलो नम्बरमा राखेको छ ।

तपाईको प्रतिक्रिया