काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र (समूह विभाजन) सार्वजनिक भएको छ । विश्वकपका लागि ८ समूहमा विभाजन भएका ३२ टोलीको हरेक समूहमा चार टोली रहेका छन् । उक्त विश्वकपको उदघाटन खेल आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । त्यस्तै स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ । युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा छन् ।

तपाईको प्रतिक्रिया