एजेन्सी – निर्देशक इन्द्रकुमारको कमेडी फिल्म ‘इश्क’ रिलिज भएको २० वर्ष पुगेको छ । सन् १९९७ मा बनेको सो फिल्ममा आमिर खान, जुही चावला, अजय देवगण र काजोल मुख्य भूमिकामा थिए । इश्क सुपरहिट भएको थियो । त्यो फिल्मबाट अभिनेत्री जुहीको चर्चा अझै चुलिएको थियो । बलिउडकी सुन्दरी अभिनेत्रीमा पर्ने जुहीले थुप्रै सुपरहिट फिल्म दिएकी छिन् । सन् २०१४ मा जुही अभिनीत ‘गुलाब ग्याङ’ हलमा रिलिज भएको थियो । त्यसपछि पनि उनले केही फिल्म खेले पनि हलमा आएका छैनन् । अभिनय र सुन्दरताको बलले लाखौँ दर्शकको मन जित्न सफल जुहीका केही फिल्म फ्लप पनि भएका छन् । भारतीय अनलाइनले जुहीका केही उल्लेख्य फ्लप फिल्मबारे रिपोर्ट बनाएको छ :

तलासी सन् १९९६ मा रिलिज भएको ‘तलासी’ जुहीको असफल फिल्म हो । करिब एक करोड भारुमा बनेको तलासीले जम्मा १० लाखको व्यापार गरेको बताइन्छ । फिल्ममा जुहीका साथमा ज्याकी श्राफ र मुकेश खन्ना छन् । तलासी तुलसी राम्सेले निर्देशन गरेका हुन् ।

कारोबार राकेश रोशनले निर्देशन गरेको सन् २००० को फिल्म ‘कारोबार’ पनि जुहीको नचलेको फिल्म हो । ६ करोड भारुमा बनेको फिल्मले जम्मा एक करोडको व्यापार गरेको बताइन्छ । फिल्ममा जुहीका साथमा अनिल कपुर र ऋषि कपुर मुख्य भूमिकामा छन् ।

ग्याङ सन् २००० को फिल्म ‘ग्याङ’ पनि असफल भयो । मजहर खानको निर्देशनमा बनेको फिल्ममा जुहीका साथमा ज्याकी श्राफ, नाना पाटेकर, कुमार गौरव, जाबेद जाफ्री मुख्य भूमिकामा थिए । पाँच करोड भारुमा बनेको फिल्मले जम्मा तीन करोड मात्र कमाएको बताइन्छ ।

३ दिवारेँ जुही अभिनीत ‘३ दिवारेँ’ सुपर फ्लप फिल्म हो । सन् २००३ को सो फिल्म झन्डै दुई करोड भारुमा निर्माण भएको बताइन्छ । नागेश कुकुनुरको निर्देशनमा बनेको त्यो फिल्ममा जुहीका साथ ज्याकी श्राफ, नसिरुद्धिन शाहलगायतले अभिनय गरेका थिए । फिल्मले जम्मा ६ लाख भारु कमाएको बताइन्छ ।

बस एक पल सन् २००६को ‘बस एक पल’ जुहीको अर्को असफल फिल्म हो । चार करोड भारुमा बनेको यो फिल्मले जम्मा आठ लाख भारु आर्जन गरेको बताइन्छ । ओनिरले निर्देशन गरेको फिल्ममा जुहीका साथमा सञ्जय सुरी, उर्मिला मातोडकर, जिमी सेरगीललगायतले अभिनय गरेका थिए ।

स्वामी दुई करोड भारुमा बनेको ‘स्वामी’ले जम्मा २३ लाख व्यापार गर्‍यो । सन् २००७ को स्वामी कोरियोग्राफर गणेश आचार्यले निर्देशन गरेका थिए । फिल्ममा जुहीका साथमा मनोज बाजपेयी मुख्य भूमिकामा थिए ।

मै कृष्णा हुँ जुहीले अभिनय गरेको सन् २०१३ को ‘मै कृष्णा हुँ’ पनि चलेन । पाँच करोड भारु लगानी लागेको फिल्मले जम्मा २९ लाखको व्यापार गरेको थियो । राजीव रुइयाले निर्देशन गरेको फिल्ममा जुहीका साथमा ऋतिक रोशन, परेश रावल, कैट्रिना कैफ, नमित शाहलगायतले अभिनय गरेका छन् । कृष्णाका थुप्रै दृश्य एनिमेसन गरिएको छ । नयाँ पत्रिकाले छापेको छ ।

चक एन्ड डस्टर सन् २०१६ मा रिलिज भएको ‘चक एन्ड डस्टर’ पनि जुहीको असफल फिल्म हो । जयन्त गिलाटरको निर्देशनमा बनेको फिल्मको बजेट एक करोड भारु बताइएको छ । जबकि फिल्मले जम्मा २२ लाख भारु मात्रै कमायो । सानो बजेटको यो फिल्म सबै हलमा पनि रिलिज भएन । फिल्ममा जुहीका साथमा सवना आजमी, दिव्या दत्ता, उपासना सिंहलगायतले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया