कठमाडौँ । नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरेको फिल्म ए मेरो हजुर २ मा अभिनय गरेर चर्चामा आएकी सुन्दरी हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । ड्रिम्सबाट चलचित्रमा डेब्यू गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहको डिमाण्ड चलचित्र नगरीमा बढीरहेका बेला उनी निर्देशक थापासँग आफ्नो चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शनकालागि यतिबेला अस्ट्रेलिया गएकी छिन् ।

सोही अवसरमा झरना र साम्राज्ञीले समुन्द्रमा रोमान्स गरेका तस्विरहरु सार्वजनिक गरेका छन् । नेपालमा राम्रो प्रर्दशन भएको ‘ए मेरो हजुर २’को अष्ट्रेलियामा पनि राम्रो प्रतिक्रिया आइरहेको निर्देशक थापाले उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया