काठमाण्डु – उद्योगपति विनोद चौधरीले आफ्ना छोरा वरुण चौधरीको विवाह भारतको उदयपुरमा भव्यताका साथ सम्पन्न गरेका छन् । चौधरीको वैवाहिक समारोहलाई भारतीय सञ्चारमाध्यमहरूले समेत शाही विवाहका रूपमा प्रस्तुत गरेका थिए ।

भारतको उदयपुरमा आयोजित वैवाहिक समारोहमा वरुणले राजस्थान राज्यको जयपुर सहरकी अनुश्री टोंग्यासँग परम्परागत विवाह गरेका हुन् । उनीहरूको इन्गेज्मेन्ट गत मंसिर महिनामा भएको थियो ।

वैवाहिक समारोह यति भव्य थियो कि भारतको पुष्कर, बनारससहित थुप्रै सहरबाट आएका ३५ जना पण्डितले मारवाडी शैलीमा दुलाहा–दुलहीलाई जग्गे घुमाएका थिए ।

वरुण र अनुश्रीको शाही विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बलिउड अभिनेता सलमान खान, शत्रुघ्न सिन्हा, गायक मिका सिंह, मोडल डिनो मोरियो, गायिका कनिका कपुर, लेखिका शोभा डेसहित नेपाल तथा भारतका थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।

साप्ताहिबाट

तपाईको प्रतिक्रिया