काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल भर्ना भएका छन्। गोरखा २ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार समेत रहेका श्रेष्ठतथा गोरखा २ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार नारायणकाजी श्रेष्ठको रगतमा हेमोग्लोविनको मात्रा कम भएको समस्या देखिएको बताइएको छ । ललिपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको उपचार भइरहेको छ । रुघाखोकी बिग्रिएकाले स्वास्थ्य अवस्था कमजोर बन्दै आजको अवस्थामा पुगेको अस्पतालले जनाएको छ । निर्वाचनको केही दिन अघिदेखि नै बिरामी परेका श्रेष्ठको स्वास्थ थप प्रतिकुल बन्दै गएपछि अस्पताल भर्ना हुनु परेको हो ।

तपाईको प्रतिक्रिया