तनहुँ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलको निवासलाई लक्षित गरी तनहुँमा बम आक्रमण गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न २ का प्रदेश सभा १ का उम्मेदवार समेत रहेका पौडेलको निवासलाई लक्षित गरी एका बिहानै बम बिष्फोट गराइएको हो । प्रहरीका अनुसार करिब पौने पाँच बजेतिर पौडेलको गृह जिल्लास्थित तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा अज्ञात समुहले बम विष्फोट गराएको हो। विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । बम विष्फोट गराउने समुहको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया