बेलायतको कोवेन्ट्री युनिभर्सिटीले विश्वविद्यालयले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई नगद रकम दिने भएको छ । सेक्स जोडीहरुलाई विश्वविद्यालयले पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिने भएको हो । सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्ने विश्वविद्यालयको नियम छ ।

विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि चलाएको अभियान अन्तर्गत यस्तो कार्य अघि सारेको हो । यो अभियानका लागि विश्वविद्यालयले आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्नसक्ने जोडीको खोजीमा छ ।

यसरी खिचिएका भिडियोहरुमार्फत् विश्वविद्यालयले सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने र कण्डम प्रयोगको दरलाई बढाउने लक्ष्य लिएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया