ताजा खबर:- बिहानको समय दिनको सबैभन्दा राम्रो सामय मानिन्छ । यस समयमा आफूलाई सबैभन्दा ताजापन महसूस हुन्छ । दिनको शुरुवात यदि राम्रो भएमा पुरा दिन हामी निकै ऊर्जावान र क्रियाशील रहन्छौँ । यस्तो अवस्थामा हामी दिनको शुरुवातको क्रममा थोरै सतर्क रहनु पर्दछ । बिहानको समयमा हामीले यस्ता काम गर्नुहुँदैन, जसले केवल मनोवैज्ञानिक मात्र नभई शरीरिक रूपमै स्वास्थ्यमा नोक्सान पुर्याउँछ । आज हामी यस्ता केही चीजको बारेमा चर्चा गर्दैछौँ, जसलाई बिहानको समय प्रयोग गर्नु हुँदैन ।

कफी पिउनु- केही मानिस यस्ता हुन्छन्, जो कफी बिना बेडबाट उठ्न सक्दैनन् तर यो ठिक होइन । विशेषगरी बिहानको समयमा जब हामी उठ्छौँ तब हाम्रो शरीर कार्टिसोललाई पम्प गर्न शुरू गर्छ । यसको सुगन्ध नूनको जस्तै हुन्छ, जसले तपाईलाई उठ्न मद्दत गर्छ । कफीको कारणले यसको सक्रियता प्रभावित हुन्छ ।

धुम्रपान सेवन- हुनत: दिनको कुनै पनि समयमा धुम्रपानको सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ तर यदि तपाई बिहान उठ्ने बित्तिकै धुम्रपान सेवन गर्नुहुन्छ भने यो बानी आजै देखि त्याग्नुहोस् । बिहानको समस्या ताजा र स्वच्छ हावामा श्वास लिनुपर्दछ, विषाक्त धुवाँ होइन ।

एक्सरसाइज नगर्नु- दिनको कुनै अरू समयमा एक्सरसाइज गर्दा एक्सरसाइज राम्रो हुँदैन । बिहानको समय एक्सरसाइजको सबैभन्दा उपयोगी समय मानिन्छ । कयौँ सोधका अनुसार दावी गरिएको छ कि जो मानिसले बिहानको समयमा नियमित रूपमा एक्सरसाइज गर्छन्, उनीहरूको रक्तचाप सन्तुलित रहन्छ र उनीहरूलाई राम्रो निन्द्रा पनि आउँछ ।

हेभी कार्बोहाइड्रेटको नास्ता– बिहान नास्तामा हेभी कार्बोहाइड्रेटको सेवन गर्दा तपाई दिउँसो खाना अघि शरीरिक रूपमा शिथिल महसूस गर्नुहुन्छ । यसको साथै यसले तपाईलाई चाँडो भोक पनि लाग्छ । यसकारण बिहान नास्तामा कार्बोहाइड्रेटको मात्रा कम राख्नुहोस् ।

तपाईको प्रतिक्रिया