ताजा खबर:- अस्वस्थकर आहार, शारीरिक व्यायाम र लगातार बसिरहेर काम गर्ने जीवनशैलीको कारणले मानिसको यौनशक्तिमा निकै प्रतिकूल प्रभाव पर्छ । यस कारणले सम्बन्धमा तनाव उत्पन्न हुनु सामान्य हो । आजकल बढी मात्रामा पुरुषमा यौन सम्बन्धित समस्याहरू उत्पन्न भइरहेको छ । यो कुरा सत्य हो कि, यी अवस्थाको उपचारमा मानिसको जागरुकतामा पहिलेको तुलनामा वृद्धि भएको छ तर पनि अझै यस्ता अत्यधिक मानिस समाजमा रहेका छन्, जो यस्ता समस्याको उपचारको लागि सहज छैनन् । यस्ता मानिसले आफ्नो आहारमा परिवर्तन गरी हरेक किसिमको यौन समस्याको उपचार गर्न सक्छन् । जो मानिसहरूमा यौन शक्ति अर्थात् यौन क्षमता कमजोर हुन्छ, उनीहरूले यदि यी आहारलाई आफ्नो भोजनमा समावेश गरेमा निश्चित रूपमा यसबाट निकै फाइदा प्राप्त हुन्छ ।

तरबुजा- तरबुजामा एल-साइट्रुलिनको प्रयाप्त मात्रा पाईन्छ । यसले इरेक्शनलाई कडा बनाउन मद्दत गर्छ । यसको कारणले पेनिसमा रक्तसंचारको मात्रा बढ्छ ।

केरा- केरामा कार्बोहाइड्रेट भरिपूर्ण मात्रामा हुन्छ । साथै यसमा पोटाशियम पनि प्रशस्त मात्रामा पाईन्छ, जसले चाँडो स्खलित हुने समस्याबाट छुटकारा दिलाउँछ ।

नट्स- पिस्ता, मम्फली र अखरोट जस्ता नट्स एल-आर्जिनिनले भरिपूर्ण स्रोत हुन्छ । यसको साथै यसमा म्याग्नेशियम पनि प्रयाप्त मात्रामा पाईन्छ । यसले ऊर्जाको स्तर बढाउन मद्दतगार हुन्छ । साथै शरीरको सबै अंगमा रक्तसंचार सन्तुलित राख्छ ।

माछा- माछा र अन्य सी-फूड्समा भिटामिन बी 12 प्रशस्त मात्रामा पाईन्छ । यसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त गर्नुको साथ-साथै उर्जाको स्तर बढाउन पनि निकै मद्दत गर्छ । यो नसा, मस्तिष्क र रेड ब्लड सेल्सलाई स्वस्थ राख्न सहायक हुन्छ ।

डार्क चकलेट्स- इरेक्टाइल सम्बन्धि समस्याहरू तनाव र चिन्ताको कारणले बढ्छ । यस्तो अवस्थामा डार्क चकलेट्स तनाव र चिन्तालाई हटाउने काम गर्छ र पेनिसलाई स्वस्थ राख्छ ।

स्याउ- स्याउमा प्रशस्त मात्रामा क्वर्सिटिन पाईन्छ, जुन एक किसिमको एन्टी-अक्सीडेन्ट फ्लेभोनोयड हुन्छ । यसले शरीरिक सम्बन्ध राख्ने क्रममा एन्ड्योरेन्सलाई बूस्ट गर्ने काम गर्छ, जसको कारणले तपाई अधिक समय सम्म शरीरिक सम्बन्ध राख्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया