ताजा खबर:- शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक हो । आफ्नो जीवनसाथीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनु, घरमा फोहोर एवम् फाटेकोको पुरानो वस्त्र राख्नाले शुभ-अशुभ फल दिन्छ । शुक्र ग्रह भोग-विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । मूत्राशय, चर्म सम्बन्धि रोगहरूसँग यसको सिधा सम्बन्ध हुन्छ ।

-आफ्नो भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईको लागि निकाल्नुहोस् ।

-शुक्रवार सेतो वस्त्र धारण गर्नुहोस् ।

-चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र तथा सुगन्धित पदार्थ कुनै पुजारीको श्रीमतीलाई दान गर्नुहोस् ।

-घरमा तुलसीको वृक्ष लगाउनुहोस् र यसको पुजा गर्नुहोस् ।

-सेतो चन्दनको टिका लगाउनुहोस् ।

-पानीमा चन्दन मिलाएर स्नान गर्नुहोस् ।

-चाँदीको टुक्रा या चन्दनको लठ्ठी नदी या नहरमा बगाउनुहोस् ।

-सुगन्धित पदार्थको प्रयोग गर्नुहोस् ।

-शुक्रवारको दिन व्रत राख्नुहोस् ।

-खिरलाई काग र गरिबलाई खुवाउनुहोस् ।

-शुक्रवारको दिन सेतो गाईलाई मुछेको पिठो खुवाउनु पर्दछ ।

-कोही खराब आँखा भएका व्यक्तिलाई सेतो वस्त्र एवम् सेतो मिष्ठान्न भोजन दान गर्नुहोस् ।

-शुक्र बलियो हुँदा सिलाएको सुन्दर वस्त्र, सेन्ट(परफ्यूम) र आभूषण उपहारमा दिनु हुँदैन । शुक्र सँग सम्बन्धित वस्तुहरू जस्तै सुगन्ध, घीउ र सुगन्धित तेलको प्रयोग गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया