ताजा खबर:- हुनत: अदुवाको चिया पिउनुको कयौँ फाइदा छन् तर केहि अवस्थामा भने यसको सेवन स्वास्थ्यका लागि नोक्सानदायक पनि हुनसक्छ । यसकारण यस्ता ७ अवस्थामा रहेका मानिसहरूले अदुवाको चिया पिउन नहुने कारण यसरी चर्चा गरिएको छ ।

१-जसलाई एसिडिटीको समस्या छ,

अदुवाको चिया पिउँदा एसिडको स्तर बढ्छ । यसले एसिडिटीको समस्या अझ बढ्न सक्छ ।

२-जसलाई जोर्नी दुख्ने समस्या छ,

अदुवाको चियामा पाईने जिन्जेरोल्सले हड्डी कमजोर हुनसक्छ । यसले जोर्नी दुख्ने समस्या बढाउँछ ।

३-जसलाई डायबिटीजको समस्या छ,

अदुवाको चियाको पिउँदा ब्लड शुगर लेभल कम हुन्छ । जसलाई डायबिटीजको समस्या छ,  उनीहरूले अदुवाको चिया पिउनु हुँदैन । यसले डायबिटीजको समस्या बढाउन सक्छ ।

४-महिनावारीको समस्या

अदुवा गरम प्रकृतीको हुन्छ । यसकारण महिनावारीको अवधिमा अदुवाको चिया पिउनु हुँदैन । यसले समस्या बढाउन सक्छ ।

५-जसलाई मसल्स पेन रहन्छ,

यसमा पाईने एन्टीअक्सीडेन्ट्सको अधिक मात्राले मसल्स पेन हुनसक्छ । जसलाई मसक्यूलर पेन रहन्छ,  उनीहरूले अदुवाको चिया पिउनु हुँदैन ।

६-जसलाई लो BP को समस्या छ,

यसको सेवनले ब्लड शुगर लेभल सन्तुलित रहँदैन र लो BP को समस्या बढ्न सक्छ ।

७-जसको सर्जरी भएको छ,

अदुवाको चिया पिउँदा रगत पातलो हुन्छ । यसकारण जो व्यक्तिको सर्जरी भएको छ, उसको लागि अदुवाको चिया नोक्सानदायक हुनसक्छ ।

अदुवाको चिया पिउनु अघि विशेष ध्यान राख्नुपर्ने कुराहरू-

-अदुवा गरम प्रकृतीको हुन्छ । यसकारण एक दिनमा दुई कप भन्दा बढी चिया पिउनु हुँदैन । यसले फोक्सो र आन्द्रामा नोक्सान पुर्याउन सक्छ ।

-जो व्यक्तिलाई एलर्जीको समस्या हुन्छ, उसलेले अदुवाको चिया सेवन गर्नुहुँदैन । यसलाई पिउँदा समस्या अझ बढ्न सक्छ ।

-गर्भवती वा ब्रेस्टफिडिंग आमाले अदुवाको चिया पिउनु अघि चिकित्सकको सल्लाह अवश्य लिनुपर्दछ ।

तपाईको प्रतिक्रिया