ताजा खबर:- अहिलेको आधुनिक युगमा विशेषगरी युवाहरूमा जुँगा र दाह्री पाल्ने फेशन निकै चलेको छ । यस्तो अवस्थामा हरेकको चाहना नै जुँगा र दाह्री पालेर अरूभन्दा आकर्षक देखिने होडबाजी चलेको छ । तरपनि विभिन्न कारणले आफूले चाहे जस्तो जुँगा र दाह्रीमा रौँ नहुँदा अधिकांश मानिस चिन्तित हुने गर्दछन् । यसकारण जुँगा र दाह्रीको रौँ चाँडो बढाउनका लागि घरमै उपलब्ध चीजहरूको प्रयोग गर्न सकिन्छ । यसले जुँगाको रौँ चाँडो बढाउने र सेतो हुने समस्याबाट छुटकारा दिन्छ । आयुर्वेदक अनुसार जुँगाको रौँ बढाउनका लागि केमिकलयुक्त चीजहरूको प्रयोग गर्नु हुँदैन । यसले जुँगाको विकासमा नकारात्मक असर पार्छ । यहाँ जुँगाको रौँ चाँडो बढाउने ५ उपाय र कुन-कुन कुरामा विशेष ध्यान राख्न आवश्यक हुन्छ, यस बारेमा चर्चा गरिएको छ ।

जुँगा र दाह्रीको रौँ चाँडो बढाउने यस्ता छन्, ५ उपाय

१- तोरीको तेलमा कागतीको रस मिलाएर लगाउँदा जुँगाको रौँ बाक्लो हुन्छ ।

२-दालचीनीको पाउडरमा कागतीको रस मिलाएर लगाउँदा जुँगाको रौँ को विकासमा वृद्धि हुन्छ ।

३-नरिवलको तेलमा अमलाको पाउडर मिलाएर लगाउँदा जुँगा र दाह्रीको रौँ बाक्लो हुन्छ ।

४-प्याजको रसमा कागती रस मिलाएर लगाउँदा जुँगाको रौँ तीव्र रूपमा बढ्छ ।

५-ओलिभ ओयलमा मह र दालचीनी पाउडर मिलाएर लगाउँदा जुँगाको रौँ चाँडो बढ्छ ।

यी तीन कुरामा ध्यान राख्दा जुँगा बाक्लो हुन्छ,

१-जाँडरक्सी र धुम्रपानको सेवन गर्नबाट बँच्नुहोस् । यसको कारण जुँगाको विकासमा कमी आउँछ ।

२-तनावमा रहनु हुँदैन । यसले जुँगाको रौँ पातलो हुन्छ ।

३-जुँगामा पटक-पटक हेयर कलरको प्रयोग गर्नुहुँदैन । यसको कारणले जुँगाको विकासमा कमी आउँछ ।

तपाईको प्रतिक्रिया