एजेन्सी । मिस वल्र्ड मानुषीले विश्व सुन्दरीको ताज पहिरिए लगत्तै एउटा कुशल कलाकार बन्ने इच्छा देखाएकी छिन् । स्वदेश फर्किए लगतै उनले मुम्बईमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भोलीका दिनमा मौका मिलेको खण्डमा आमिर खानसँग फिल्म खेल्ने इच्छा भएको उनले बताइन् । बलिउड अभिनय र कुन हिरोसँग चलचित्र गर्ने इच्छा छ भन्ने बिषयमा गरिएको प्रश्नमा मानुषीले यस्तो प्रतिक्रिया दिएकी थिइन् । चलचित्रमा निकै नै च्यालेन्जिङ भुमिका निर्बाह गर्ने आमिर बलिउडका नायक मध्येका आमिर आफ्ना लागी एक विशेष ब्यक्तित्व भएको बताइन्् । त्यस्तै कुन नायिका मनपर्छ भनि सोधिएको प्रश्नमा उनले भनिन् प्रियंका बलिउडका अभिनेत्री सबैभन्दा धेरै मनपर्ने अभिनेत्री हुन् ।

तपाईको प्रतिक्रिया