एजेन्सी । बढ्दो जाडोसँगै बलिउड सुन्दरी नायिकाहरु इन्डियन इन्टरनेशनल फिल्म फेस्टिवलमा हट अवतारमा देखा पारे । हट एण्ड बोल्ड लुक्समा स्टेजमा देखिएका सुन्दरीहरुले भारतको गोवामा सम्पन्न फिल्म फेस्टिवललाई स्मरण योग्य बनाउन समेत मद्धत गरे । फेष्टिभलको अन्तिम दिन आधा दर्जन बढि अभिनेत्री स्टेजमा एकसाथ समेत देखिए ।

एकसे एक पहिरनमा सजिएका अभिनेत्रीहरु कट्रिना कैफ, हुमा कुरैसी, जायरा वसीम, पुजा हेगडे लगायत अभिनेत्री एकसाथ फेष्टिभलको स्टेजमा देखिएर फेष्टिभलमा आफ्नो सौदर्य र फेसन मार्फत दर्शक रिझाउन सफल रहे ।

सो अवसरमा कट्रिना निलो रंगको गाउँनमा इस्टेजमा देखिदा हुमा कुरैशी पनि सेता रंगको आकर्षक डिजाइन सहितको गाउँनमै सजिएकी थिइन् ।

अभिनेत्री पुजा हेगडे र जायरा वासीम पनि गाउँनमै सजिएका थिए । अन्य कयौ अभिनेत्री बिभिन्न पहिरनमा स्टेजमा रहदा सबैको आखा भने पुजा हेगडे तिर थियो । हट र हिट सुन्दरीका कारण बढ्दो चिसो मौसममा कबार्यक्रममा उपस्थित दर्शकले चिसोको पत्तै नपाई कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया