एजेन्सी । क्रिकेटर विराट कोहलीकी प्रेमीका तथ अभिनेत्री अनुष्का शर्माले अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले निर्वाह गरे जस्तो भूमिका गर्ने चाहाना व्यक्त गरेकी छिन् । अनुष्काले एक अन्तरवार्तामा मनिषाले मणिरत्नमको फिल्म ‘दिल से’मा निभाएको भूमिका जस्तो भूमिकामा आफूलाई अभिनय गर्न मन लागेको बताएकी हुन्। बलिउडमा फिल्म रिमेकको लहड नै चलेको बेला ‘दिल से’ को रिमेक आवश्यक भएको बताउँदै अनुष्काले भनिन् त्यो फिल्ममा अफर आएमा म मनिषा कोइरालाको चरित्रमा काम गर्न चाहन्छु । मलाई त्यो चरित्र मनपर्छ किनकि फिल्ममा मनिषाको अभिनय उत्कृष्ट अभिनय छ । तर, फिल्मी करिअर उचाइमा रहेका बेला विराट कोहलीसँग विवाह गर्न लागेको खबरले पनि अनुष्का गसिप बजारको केन्द्रमा छिन् । यो जोडीले छिट्नै नै विबाह गर्ने तयारीमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया