काठमाडौं – चलचित्र छक्का पन्जाका दर्शकलाई मूर्ख भनेर विबादमा तानिएकी नायिका ऋचा शर्माका बिरुद्ध छक्का पञ्जाका कलाकारहरु जाई लाग्ने क्रम जारी नै छ । दर्शकको दृष्टिबाट अहिलेसम्मको सर्वाधिक आम्दानी गर्न सफल र सुपरहिट फिल्मका दर्शकलाई नै ऋचाले मूर्ख भनेपछि चलचित्रका निर्माता निर्देशक, कलाकार तथा दर्शकहरुले रिस पोख्नु सामान्य कुरा हो ।

आफ्नो चलचित्रका बिरुद्धमा बोलेपछि निर्माता दीपकराज गिरी लगायतको टिम ऋचाको फिल्मी कार्यक्रममा नै पुगेर ऋचालाई गेट वेल सुन भन्दै कडा झटारो हान्दै प्रतिउत्तरमा दर्शकलाई मूर्ख भन्दा तिम्रा फिल्मले दर्शक नपाउनुको कारण यही हो भन्दा ऋचा निकै नै सिरियस देखिइन् । तर यो शृखला यतिमा मात्र रोकिएन । दीपकको लहै लहैमा लागेर स्टाटस कपी पेष्ट गरेका प्रियंका, स्वस्तिमा लगायतका कलाकारहरुले आपत्ती जनाउँदै ऋचा बिरुद्ध जाइलाग्ने क्रम जारी नै रह्यो । ऋचाले आँफ्नो चम्पा क्यारेक्टरलाई नै लक्षीत गर्दै प्रहार गरेको भन्दै प्रियंकाले एक स्टाट पोष्ट गर्दै आफ्नो कदम गलत भएको उल्लेख गर्दै घुमाउरो पारामा अभिनेत्री ऋचासँग माफी समेत मागेकी छन् ।चलचित्र कर्म गर्दा गर्दै रमितामा फसेको बताउँदै उनले आफू गल्ती स्विकार्न कहिलै नहिचकिचाउने मानिस भएको समेत बताएकी छन् ।

समाजिक सञ्जालमा नेपाली र अंग्रेजी दुई भाषामा आफ्नो धारणा पोष्ट गर्दै प्रियंकाले चलचित्र छक्का पन्जा’ राम्रो भएको दाबी गर्दै उक्त चलचित्रको बारेमा कलाकारले नै नराम्रो भन्दा रिस उठोको जनाएकी छन् । एकाएक हाम्रो चलचित्रको बारेमा यस्तो, त्यस्तो टिका टिप्पणी आयो भनेर पढ्दा नरमाइलो लाग्यो । रिस पनि उठयो । कसैले, त्यो पनि यसै क्षेत्रको व्यक्तिले नामै लिएर हाम्रो फिल्म हेर्नेलाई मूर्ख’ भन्यो भन्दा मलाई पक्कै पनि दुःख लाग्नु स्वभाविक थियो’ प्रियंकाले अगाडि लेखेकी छन् हामीले हाम्रो कुरा अलि हतारमै राख्न पुगेछौँ । कसैलाई तल झार्नु वा व्यक्तिगत रुपमा नराम्रो भन्नु मेरो नियत पक्कै थिएन ।’प्रियंकाले अभिनेत्री ऋचाले प्रयोग गरेको अंग्रेजी शब्दमा भने आफ्नो आपत्ति रहेको तर्क अझै अगाडि सारेकी छन् । दाबाका साथ प्रियंकाले आफ्नो चम्पा क्यारेक्टरले समाजमा कुनै हिंसा समेत नफैलाइएको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया